
काठमाण्डाै – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बदली भई पानी पर्नेछ । सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिम सहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपातको सम्भावना छ भने तराई र पहाडी जिल्लामा मेघगर्जन सहित चट्याङ पर्न। पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने मौसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।