
प्राख। असार,१३
मुलुकभर १२.३३ प्रतिशत धान रोपाइँ भएको छ । वर्षेधान १३ लाख ९५ हजार २ सय ७ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये १ लाख ७२ हजार हेक्टरमा रोपाइँ भएको छ ।
समयमै वर्षा नहुँदा बढी धान फल्ने मधेश प्रदेशमा रोपाइँ नै हुनसकेको छैन । मधेशमा ३ लाख ८३ हजार १ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ । तर असार १३ सम्म रोपाइँ भएको तथ्यांक नआएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले जनाए ।
‘मधेशमा मकै, चैते धान वाली लगाएकाले वर्षे धान रोपाइँ ढिला नै हुन्छ । रोपाइँ नगन्य नै छ,’ प्रमुख देवकोटाले भने, ‘मधेशमा असार १५ पछि धमाधम रोपाइँ हुन्छ ।’
केन्द्रको तथ्यांकअनुसार सबै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.४९ प्रतिशत,बागमतीमा २०.५३ प्रतिशत,कर्णालीमा २०.११ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा १३.७९ प्रतिशत,लुम्बिनीमा ९.६६ प्रतिशत,कोशी प्रदेशमा ५.९६ प्रतिशत रोपाइँ भएको जनाएको छ ।