
प्राख । असार,१३
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब २ घण्टा ढिलो गरी सुरु भएको हो ।
यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक आज भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।
प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ