
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिएका छन् ।
अस्थायी रुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा उपत्यकामा आउने बताएका छन् ।
आयोजनाको बाँध र सुरुङको काम अहिले निरन्तर भइरहेको बताउँदै उनले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिएका छन्।