निजगढ नगरपालिका शिक्षा शाखा द्वारा आधारभुत तह कक्षा (१-३) मा अध्यापनरत नगर भित्र रहेका सामुदायिक तथा सस्थागत बिधालयका शिक्षकहरुको लागि निरन्तर बिद्यार्थी मुल्यांकन तथा शिक्षण सिकाई सम्बन्धी जेष्ठ १० गते बाट सन्चालन भएको ५ दिने कार्यशाला आज सम्पन्न भएको छ ।
समापन कार्यक्रमममा सम्बोधन गर्दै नगर प्रमुख सुरथ पुरी ले शिक्षामा सफलता मिलेमा मात्र समाजको बिकास हुने भएकोले पनि सबै शिक्षक शिक्षिकाले हरेक कक्षा कोठामा गएर साना साना नानी बाबुलाई उत्कृष्ट बनाउने गरि ब्यवहारिक ज्ञान समेत दिनसक्नुपर्ने बताउदै बाल मनोबिज्ञान बुझेर सबै कक्षा कोठामा रहेका बालबालिका लाई शिक्षा प्रदान गर्न कार्यशाला सफलता मिल्ने बिश्वास रहेको बताउनुभएको छ । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएकोले आगामी दिनमा समेत प्राथमिकताका साथ अगाडी बढाउने समेत प्रमुखको भनाई रहेको छ ।
समापन कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला,सहभागी शिक्षक,शिक्षिका लगायतले कार्यशालाको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा सहभागी सबै शिक्षक शिक्षिकाहरुलाई नगर प्रमुख सुरथ पुरी द्वारा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने प्रशिक्षक राजु रेग्मी लाई प्रशम्सापत्र हस्तान्तरण गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले गर्नुभएको थियो