समीर फूयाल । निजगढ , १० साउन
निजगढ क्रिकेट क्लबले निजगढ ६ स्थित खेल मैदानमा खेल प्रशिक्षण समाप्त भएपछि सौर्य ऐरको विमान दुर्घटना परी मृत्यु भएका र त्रिशुली नदीमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा दीप प्रज्जवलन गरी शोक सभा सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट काठमाडौँ देखि पोखरा उड्न लागेको सौर्य ऐरको विमान उडानको क्रममा प्राबिधिक गडबडीका कारण आगलागी हुन पुगेको थियो । उक्त घटनामा १८ जनाको मृत्यु भएको छ । त्रिशुली नदीमा भएको बस दुर्घटनामा दिवाङ्गत यात्रु एबम् शोक सन्तप्त परिवार प्रति हार्दिक श्रद्धाजंली एबम् समबेदना प्रकट गर्दै दीप प्रज्जवलन समेत गरिएको निजगढ क्रिकेट क्लबका अध्ययक्ष निर्मल सापकोटाले जानकारी दिएका छन ।
कार्यक्रममा स्थानीय अगुवा , क्रिकेट प्रेमी खेलाडी लगायत अन्य स्थानीयहरुको सहभागिता रहेको थियो । साथै यस्ता घटना हुन नदिन सरकार, विमान कम्पनि, बस चालक लगाएतका सम्बन्धित निकाय सजग हुनु पर्ने पनि उनले बताएका छन् ।
नेपालको सन्दर्भमा एस्तो घटना नौलो विषय भने हैन बिगतको बर्षको एती विमानमा भएको दुर्घटनाले भएको भिसण क्षति भुल्न नपाउदै फेरी पटक पटक यस्तो घटना दोहोरि रहदा सर्बसाधारण विमान यात्रा प्रति त्रशित छन् भने यसको बिश्वस्नीयतामÞा समेत ठुलो प्रश्न चिन्ह खडा भएको छ ।
यस्तो घटना दोहोरिन नदिन सरकार, विमान कम्पनि, विमान चालक, वायुसेवा निगम, लगाएतका सम्बन्धित निकाय थप सजग र चनाखो भै कार्य संचालनमा ल्याउनु पर्दछ । साथै यातायात व्यवस्थापनमा समेत थप कदम चाल्न आवश्यक रहेको छ ।