ग्लोबल आई.एम.ई.बैंक चन्द्रपुर शाखाद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हातेमालो आधारभुत विद्यालय चन्द्रपुर-६ लाई १० पंखा तथा १ थान फाटोकपी मेसिनसहितको प्रिन्टर सहयोग प्रदान गरेको छ ।
उक्त शाखाले चन्द्रनिगाहपुरमा विभिन्न समयमा सामाजिक कार्यहरू गर्दै आएकोमा आगामी दिनमा पनी समाजमा प्रत्यक्ष प्रभाव पर्ने कार्यहरुलाई निरन्तरता दिने शाखा प्रमुख विरोध न्यौपानेले बताउनु भयो ।
उक्त कार्यक्रममा बैंकका शाखा प्रमुख विरोध न्यौपाने, हातेमालो प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत आचार्य, चन्द्रपुर ६ का वडा सदस्य सन्नी राउत, युवा समाजसेवी श्यामहरि चौलागाईं, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चन्द्रपुर शाखा प्रबन्धक सुशील अधिकारी, प्रध्यानाध्यापक वशिष्ठ सापकोटाको लगायतका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै वडा सदस्य शन्नी राउतले आफुहरु वडाका विद्यालयहरुको विकासका निमित्त योजना बनाएर अगाडि बढेको र यस महान कार्यमा निजि क्षेत्र एवं समाजिक अगुवाहरुको सहयोगको अपेक्षा लिएको बताउनु भयो ।
कार्यक्रमकै बिच बोल्नुहुँदै युवा समाजसेवी श्यामहरी चौलागाईले चन्द्रपुर नगरपालिकालाई शैक्षिक हव बनाउनको लागि विद्यालयलाई भौतिक रुपमा पनि समक्ष बनाउनु पर्नेमा जोड दिनुहुँदै यसका लागि तीनै तहका सरकार र नीजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।