निजगढ नगरपालिकाको कार्यालयद्धारा देशको शासकीय व्यवस्थामा परिवर्तन गरी नेपाल एक संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा स्थापित गर्नको लागि आफ्नो जीवन बलिदान गर्ने ज्ञात / अज्ञात शहिदहरु प्रतिको सम्मान एवं सम्झनामा कार्यालय परिसरमा गणतन्त्र दिवस २०८१ को आयोजना गरिएको निजगढ नगरपालिकाले जनाएको छ ।
निजगढ नगरपालिकाका नगरप्रमुख श्री सुरथ पुरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख श्री सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत श्री अजय वर्तौला , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, विद्यालयका प्रधानाध्याकहरु , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र निजगढ नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
जनआन्दोलन २०६२/०६३ को जगमा भएको संविधान सभाको पहिलो निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा नगरले झन्डोत्तोलन र गणतन्त्र प्राप्तिमा योगदान गर्नुहुने शहिदहरुको फोटोमा माल्यार्पण गरि १७ औं गणतन्त्र दिवस २०८१, मनाएको हो ।