काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भौतिक तथा पुर्वाधार मन्त्री रघुबिर महासेठलाई सम्बोधन गर्दै कलंकी देखि महाराजगन्ज सम्म रिङरोड निर्माणमा भएको ढिलासुस्ती प्रती मन्त्री महासेठलाईनै दोषी देखाउँदै निर्माण प्रक्रिया अगाडी नबढे सम्म प्रत्येक दिन एक ट्रक धुलो सप्रेम पठाउने घोषणा गरेका छन् ।
“विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ ।” मेयर बालेन्द्र साहले आक्रोशित हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आज सम्म धुलो जनताले मात्र खाएकोले यो राम्रो नदेखिएको मेयर साहको भनाई रहेको छ । आज भने उनले सडक विभाग एवं सडक डिभिजन कार्यालय काठमाडौंमा एक-एक ट्रक धुलो पठाइएका हुन ।