रौतहट । प्रास ,३१ जेठ
दिव्य जागरण युवा समाज नेपालको आयोजनामा पत्रकारिता सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम जनज्योति बहुमुखी क्याम्पसको हलमा सम्पन्न भएको हो।दिव्य जागरण युवा समाज नेपालका अध्यक्ष एवं सञ्चारकर्मी रमेश तिमल्सिनाको अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं ६ का अध्यक्ष सहदेव के सी,जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पत्रकार सञ्जय कार्की, गोर्खा पत्र दैनिकका रोतहट प्रतिनिधि यादवराज पुरी, नेपाली काङ्ग्रेसका युवा नेता श्यामहरि चौलागाईंको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सञ्जय कुमार काफ्लेले तालिममा सहभागी विद्यार्थीलाई तालिममा सिकेका ज्ञान, सीप समाज रुपान्तरणमा लगाउन अनुरोध गर्दै समाजमा रहेका विकृति विसङ्गतिलाई अन्त्य गरि सभ्य समाज निर्माणका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेकोले आगामी दिनमा पनि चन्द्रपुर नगरपालिकामा यस्ता रचनात्मक कार्यले निरन्तरता पाउने वचनवद्धता व्यक्त गर्नुभयो । सञ्चारकर्मी बालविक्रम कार्कीले सञ्चालन गरेको कार्यक्रममा सञ्चारकर्मी सुब्बा कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभयको थियो।