पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीय अपराधिलाई पक्राउ गरेको छ । आइतबार राति ११ बजेतिर वीरगञ्ज महानगरपालिका- १६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा पनि उनी संलग्न भएको प्रहरीको अनुमान छ । प्रवक्ता थापाका अनुसार लाल मोहम्मद हत्यामा संलग्न देखिएको भन्दै थप अनुसन्धान जारी रहेको बताउनुभयो । उनलाई खुट्टामा गोली लागेको र उपचार पश्चात् अहिले प्रहरी नियन्त्रणमा छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल र दुई थान गोली समेत बरामद गरेको विवरण समेत हिजो पत्रकार सम्मेलन गरी पर्सा प्रहरीले ALDV सार्वजनिक गरेको छ ।
प्रहरीकाअनुसार पासवान व्यवसायी सुरेश केडियाको सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।
उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएको थियो । हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाई छ । घटना भएका बेला उनी गोठाटारमै भएको समेत आशंका छ । आफ्नो मुलुकविरुद्ध गतिविधि गर्दै आएको आरोप लागेका व्यक्तिहरुलाई भारतले छिमेकी मुलुकमा पेशेवर अपराधी वा विभिन्न व्यक्तिलाई प्रयोग गरेर हत्या गर्ने गरेको आरोप लाग्दै आएको छ ।
सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली मूलका मुस्लिम नागरिकमाथि अज्ञात गिरोहले गोली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दावी हुन्छ, दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर प्रहरी अनुसन्धान अधिकांश घटनामा निष्कर्षसम्म पुगेको छैन । गोठाटारमा मोहम्मदको हत्या पनि त्यसैको श्रृंखला हुनसक्ने सुरक्षा सम्बद्ध स्रोतको भनाई छ ।