राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको दोस्रो अधिवेशन आज उद्योग वाणिज्य संघको सभाहलमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत ४५ सदस्सिय नगर कमिटि गठन गरेको छ । नव गठित कमिटीको अध्यक्ष— घनश्याम तिमल्सिना, उपाध्यक्ष— पवन पुलामी, सचिव—प्रशान्त थिङ्ग, उप सचिव— निरज खतिवडा, कृष्ण महतो, कोषाध्यक्ष — मनमाया श्रेष्ठ लगाएत रहेका छन् ।
त्यस्तै अधिवेशनले ४१ सदस्सिय युथ फोर्स निजगढ नगर कमिटीको पनि गठन गरेको छ । कमिटीको संयोजकमा —माधव न्यौपाने र सहसंयोजकमा —मुकेश शाह सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा युवा संघले गएको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको थियो ।