समीर फूयाल । निजगढ, ८ साउन
दुई दशकभन्दा लामो समयदेखि निजगढका खेलाडी तथा खेलप्रेमीहरु भमरा खोला मैदान, निजगढ–८ स्थित गौरीशंकर विद्यालय प्रांगणको, खेल मैदान र खयरघारी खेल मैदान जस्ता विभिन्न स्थानहरुमा अस्थायी रुपमा खेल खेल्दै क्रिकेटमा उत्सुकताका साथ संलग्न छन् । त्यस अवधिमा खेलकुदका लागि व्यवस्थित खेल मैदनको वा पूर्वाधारको उल्लेखनीय अभाव थियोे । त्यतिबेला क्रिकेट विशुद्ध रूपमा मनोरञ्जनात्मक गतिविधि थियो, क्यारियरको रुपमा कहिल्यै खेलिएको थिएन ।
क्रिकेट क्लबहरु, औपचारिक संस्थाहरु, र सरोकारवालाहरु नहुदा निजगढ मा क्रिकेटको बिकाश क्रिकेट फस्टाउन सकिरहेको थियन । खेलमा रुचि राखे स्थानीय समुदायका सदस्यहरूको उत्साह र पहलमा मात्र निर्भर थियो । पूर्वाधार र व्यवस्थापनमा कमी भएता पनि निजगढमा क्रिकेट एक सिमित युवा वर्गहरुमा लोकप्रिय थियो । मुख्यतया क्रिकेट बजार आसपासका युवा वर्गमा मात्र लोकप्रिय थियोे । खेलको रुपमा फस्टाउन न त नियमित खेल्ने बातावरण थियो नत खेल सामग्री नै दुइ दशक भन्दा लामो इतिहास बोकेको क्रिकेटको प्रारम्भिक प्रयासहरूको भौतिक प्रमाणहरु देखाउने नत संरचना छ नत कुनै प्रमाणहरु नै छ, छ त केवल कहानी र उनीहरु संग को सम्झनाहरु मात्र जुन निजगढमा क्रिकेटको इतिहासको प्रमाणको रूपमा पुस्ताहरुबाट गुजरेका छन् । क्रिकेटका लागि गरिएका प्रयासहरूको भौतिक प्रमाणहरु शुन्यमा छन ।
यद्यपि निजगढका सबै वडाहरुमा एक वा एक भन्दा बढी मैदानहरु भयपनी यस अवधि सम्म आइपुग्दा कुनै पनि क्रिकेटको लागि विशेष रूपमा तोकिएको छैन । बिचमा सुस्ताउन लागेको क्रिकेटको अवस्थालाई मर्न नदिन निजगढ क्रिकेट क्लब लागि परि रहेको छ ।
बिगत डेढ वर्षदेखि निजगढ क्रिकेट क्लबले निरन्तर प्रशिक्षण गराउदै आएको छ । यसको औपचारिक रुपमा स्थापना भने २०८०÷१०÷२३ गते भएको हो । निजगढमा क्रिकेट क्षेत्रमा विविध चुनौती रहेता पनि यस क्लबबाट उत्पादित खेलाडीले आफुलाई अब्बल साबित गरिसकेका छन् । विभिन्न जिल्ला स्तरिय प्रतियोगितामा यस क्लबका उत्पादनले प्रतिनिधित्व गरिसकेका छन् । करिब २५ खेलाडी यस क्लबमा नियमित प्रशिक्षण गर्दै आइरहेका छन् । उनीहरुलाई प्रशिक्षण प्रशिक्षक शंकर पोख्रेलले गराउने गरेका छन् । उनले केपी ओली कप लगायतका विभिन्न प्रदेश स्तरिय प्रतियोगितामा आफुलाई अब्बल साबित गरिसकेका छन् । सिमित स्रोतसाधनका बावजुतपनि खेलडीहरुको प्रगति देख्दा हर्षित भएको उनि बताउछन् । निजगढ क्रिकेट क्लबले खेलाडी उत्पादन गरेको देख्दा र क्रिकेटले निजगढमा फड्को मर्दा स्थानीयहरू यस क्षेत्रप्रति आशावादि छन् । त्यसो त पहिले क्रिकेट खेल्दा धेरै चोटपटक लाग्ने भन्ने अभिभावक आज आफै आफ्ना सन्तानलाई खेलमैदान सम्म पुर्याउन आउने गरेका छन् । पछिल्लो समयमा निजगढ नगरपालिका का विभिन्न वडाहरू खेलाडीहरूको खेल भावनालाई सम्मान गर्दै खेल प्रति चासो राख्न खेल सामाग्रीहरू सहयोग गरेका पनि छन् ।
सुरुवाती चरण देखि अहिलेसम्म विभिन्न स्थानीय समाज सेवी, अभियन्ता र सहयोगी मनहरुद्वारा जर्सी, खेलकुद सामग्री र आर्थिक रकम समेत सहायोग गर्दै आएको छन भने वडा नम्बर ४, ५,६ र ७ ले समेत विभिन्न सामग्री वितरण गरेको छ । पछिल्ला दुई वर्षमा निजगढका युवाहरु क्रिकेट प्रतिभालाई प्रवर्धन गर्न, महत्वाकांक्षी क्रिकेट खेलाडीहरू उत्पादन गर्न र क्रिकेटको विकासमा चासो देखाउदै स्रोत व्यवस्थापन देखि खेलको प्रवद्र्धनका लागि अग्रसर हुदै यस खेल लाई जगेर्ना गर्ने र क्रिकेटलाई निजगढमा एक महत्वपुर्ण खेल संस्कृतिको रुपमा स्थापित गर्ने उदेश्यले जिम्मेवार हुदै विभिन्न कार्यक्रमहरु लगनशिलताका साथ गर्दै आइरहेका छन् । खेलको प्रवद्र्धन र व्यवस्थापन गर्न यस क्लबले आधारभूत स्तरको तालिमका साथै स्रोत व्यवस्थापन र नियमित खेललाई सहजीकरण गर्ने जिम्मेवारी लिदै आइरहेको छ । यी प्रयासहरुको फलस्वरूप, स्थानीय निकायको चासो र पूर्वाधारको अभावका बाबजुद निजगढका खेलाडीहरूले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा हाम्रो नगरलाई प्रतिनिधित्व गर्न सक्षम भएका छन् ।
निजगढ क्रिकेट क्लबलाई दिर्घकालिन रुपमा अगाडी बढाउन चुनौतिहरु उतिकै रहेका छन् । क्रिकेट अभ्यास गर्दा अवरोधहरु पनि उतिकै छन् । क्रिकेटलाई अन्य खेलझै स्थान दिन नसकेको र क्रिकेटका लागि मैदान छुट्याएर दिन नसक्दा खेलाडीहरुको प्रशिक्षण प्रभावित भएको र पूर्वाधार विकास, खेलको स्तरोन्नतिका निम्ति वडास्तर, नगरस्तरबाट समेत थप सक्रिय भूमिका खेल्न यस क्लबका वर्तमान अध्यक्ष निर्मल सापकोटाले आग्रह गरेका छन् । निजगढ क्रिकेट क्षेत्रको विकास, सम्बर्धन एबम प्रबर्धनका लागि साझा रूपमा हातेमालो गर्दै साझा पहल गर्न समेत उनले अपिल गरेका छन् ।