निजगढ,१ असोज
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका करिब ४ हजार ८ सय सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक विद्यालय मध्यम स्तरमा परेका छन् ।
केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत अध्ययनमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक विद्यालय मध्यमस्तरमा परेका हुन ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययन प्रतिवेदन अनुसार देशका ६ वटा उत्तम, ७ सय ६८ वटा मध्यम, ४ हजारवटा सामान्य र ७१ ओटा कमजोर सामुदायिक माध्यामिक विद्यालय रहेको उल्लेख गरिएको छ ।
मधेश प्रदेश बारा जिल्ला भरिका ८५ ओटा सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये तीनवटा विद्यालय मध्यम स्तरमा परेका छन् । गौरी शंकर मावि निजगढ ६ सडकटोल, गौरी शंकर मावि निजगढ, र नेरामावि सिमरा ७० देखि ९० अंक प्राप्त गरी मध्यम स्तरमा परेका हुन् ।
जिल्लाका ६ वटा सामुदायिक माध्यमिक विद्यालय कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य विद्यालय भने सामान्यमा परेका छन् । एक सय पूर्णांकमा ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई कमजोर, ४० देखि ७० सम्म ल्याउनेलाई सामान्य, ७० देखि ९० ल्याउनेलाई मध्यम र ९० प्रतिशतभन्दा बढि अंक ल्याउने विद्यालयलाई उत्तम गरी वर्गीकरण गरिएको थियो । विद्यालयमा लगानी, प्रक्रिया, उपलिब्ध र सेवाग्राही सन्तुष्टिसँग सम्बन्धित ८९ वटा सूचकलाई आधार मानी अध्ययन गरिएको थियो ।