
काठमाडौं । काठमाडौंको टेकु स्थित पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
काठमाडौं प्रहरीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर वडा नं. ३ का ३० वर्षिय किशोरी साह र १८ वर्षिय दिपक कुमार साह घाइते भएका हुन् । घाइते दुवैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।