
निजगढ नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ७ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता रहेको छ । पुरीले ३६८ मत हासिल गरि अग्रता कायम गरेका हुन् । यस्तै उपमेयर सोममाया थिङ्गले ३६९ मतले अगाडी रहेकी छिन् ।
गठबन्धनबाट तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ३२४ मत, त्यस्तै उपमेयर तर्फ रविराज दङ्गालले ३२२ मत हासिल गरेको छ ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ३६७ मत प्राप्त गर्नुका साथै गठबन्धनका उम्मेदवार सुर्य घलानले ३२९ मत प्राप्त गरेका छन् ।
