
सञ्जय बराल म हुर्कदै गर्दा, अलि-अलि बुझ्ने बन्दै गर्दा जनयुद्ध हुदै जनआन्दोलन भयो। बामपन्थी पारिवारीक पृष्ठभुमी भएको मेरो घरमा मैले संघियता, धर्मनिरपेक्षता लगाएतका धेरै नया-नया शब्दहरू सुन्दै हुर्किए। पाउनुपर्ने पारीश्रमीक समयमा नपाएर स्कूलको फिस तिर्न नसकेर रीजल्ट रोक्किदा रिसको आबेगले मुर्मुराएका मेरा बाबा कसरी कम्युनिस्ट हुन पुगे भन्ने बुझ्दै गए। घरमा आर्मीले बुट बजार्दै मार्कस् र लेनिनका ठेलिहरू पढ्ने मेरा बाबाको कोठामा छापा मार्दा त्यस्तै ७-८ बर्षको मरो बालमष्तिस्कमा नराम्रो आघात पुगेको थियो।
बाबाको छत्रछायामा हुर्कदै गर्दा,अझ बाबाले लेख्ने क्रान्तिकारी कबिता पढेर हुर्कदै गर्दा, अर्को कोणबाट बुझ्न नपाएको म तिनै क्रान्तिकारी भनिएका एजेन्डातर्फ अलि ढल्कन थाले। मेरी दिदी त झन्, त्यहि धरातलमा टेकेर परिवर्तन गर्छु भनि राजनितीमै होमिईन्। हुन पनि किन नहोस्? हामीले देखेको, बुझेको नै त्यति थियो, त्यो बेलाको समय नै त्यस्तै थियो। गरिब र धनिबिचको खाडलले निम्त्याएको अन्तरद्वन्द बिच हामीसंग आशाको किरण नै त त्यहि थियो। अनि बिचार र त्यो बिचारले बिजारोपण गरेको अग्रगामि कहलिएको सपना पनि त मिठै थियो। बिचार त कसैको गलत थिएन तर त्यो बिचारलाई सहि गन्तब्यमा पुराउन चयन गरीएको मार्ग सहि नहुन पनि सक्दो रहेछ भनेर बिस्तारै बुझियो।
खैर, बटुलेका ज्ञान, अनुभव र आफ्नो चेतनाको समिश्रणले जे भन्छ मानिषले त्यहि सहि ठान्दछ। अझ अभ्यास गर्दै, अनुभव गर्दै जाने थलो राजनितीमा “सहि” र “गलत” सायदै कुनै कुरा होलान्। त्यसैले गन्तब्य चयन् गरेर अगाडि बढ्नु महत्वपुर्ण कुरा हो। अनि यात्राको गन्तब्यमा पुर्याउने बिचार र सामर्थ्य भएका यात्री हुनु झनै महत्वपुर्ण हुन्छ। तर त्यतिकै महत्वपुर्ण सहि मार्ग पहिल्याउनु पनि हुन्छ। कहिलेकाहि मार्ग ठ्याक्कै ठम्याउनमा कमजोरी पनि हुन सक्छ। त्यो मानविय त्रुटि स्वभाबिक पनि हो। कहिलेकाहि अगाडि बढ्दै गर्दा भिरमा पुगिन पनि सक्छ। केहि तेजिला आखाहरूले त्यो भिर अलि परबाटै देखेर “फर्कौ” बाटो अलिकति बिराईएछ भन्लान्, त केहि “अग्रगमन” “अग्रगमन” भन्दै भिरमै पुगेर देख्लान अनि फर्कलान्। “साथीहरू”, “कम्रेडहरू” पछाडि फर्कनु त प्रतिगमन हो त्यसैले भिरै भएपनि अगाडि बढ्नुपर्छ भन्दै भिरबाट हाम फाल्न पनि तयार हुनु, मेरो लागि त्यति बिवेकपुर्ण ठहरीदैन। यस मानेमा, बरू प्रतिगामी कहलिन्छु भने प्रतिगामी नै सहि!
त्यसैले Rabindra Mishra जीले ल्याएका दस्तावेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश” लाई मिहिन् रूपले अध्ययन गर्दा मलाई भने ऐतिहासिक महत्व बोक्ने एक यथार्थपरक दस्ताबेज लाग्यो। सुरूमा त ती “रबिन्द्र” जसलाई मैले बाल्यकालबाटै निहाले, पछिल्ला समय बिताए, तिनै ब्यक्तिले आज यस्तो दस्तावेज किन ल्याए होलान् भनेर घोतलिए पनि। अनी बुझे, केहि पढेर, केहि रटेर त केहि देखेर आग्रह-पुर्वाग्रहपुर्ण बिचार बोक्नेहरू, आफुलाई केन्द्रमा राखेर, आफुलाई सर्वज्ञानी थान्दै आफ्नै बिचार लाद्न खोज्छन्। त केहि मिश्र जी जस्ता ब्यक्ति आफू अनुकुल नभएपनि बिचार भन्दा माथि देशलाई राखेर सोच्दछन्।
साथीहरू, अरूकुरा त भविष्यले बताउदै जाला! अहिलेलाई मेरो लागि रबिन्द्र जीको दस्तावेज नव क्रान्ति हो। जसलाई सार्थकता कल्याणकारी राज्य, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसदबाट निर्वाचित गैर दलिय राष्ट्रपति, नि-शुल्क शिक्षा, स्वास्थ्य र यातायात, राईट टु रिकल, राईट टु रिजेक्ट लगायतले दिने नै छन्।
अन्तिममा बिदा माग्नु अगाडि, सधै झै मैले फेसबुके भित्तामा लेख्ने एउटा संस्कृतको स्लोक फेरी लेखेर बिदा हुन चाहन्छु।
हबस् त!!
लोका: समस्ता: सुखिनो भवन्तु।