
१३ असार, नुवाकोट
नुवाकोटको ककनी गाउँपालिका १ को भसिबुमा पर्ने बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
भसिबुमै पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते हुनुभएको छ । उनलाई उद्धार गरी उपचारका लागि काठमाण्डौ ल्याइएको डिएसपी थापाले जानकारी दिनुभयो ।