
शिव वचन सम्बाददाता काठमाडौं बसमा हुने दुर्ब्यबहार अनि चालक सहचालकले तोकेको भन्दा बढी भाडा लिगेको खण्डमा १०३ मा खबर गर्न सम्झाउदै ट्राफिक प्रहरी प्रभाग कंलकीले प्रत्येक बसमा कम्तिमा 1 मिनेट कार्यक्रम संचालन गरेको छ। यो कार्यक्रम महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका ट्राफिक प्रमुख शंकर खड्काले संचालन गर्नु भएको हो । कार्यक्रमा ६०/७० ओटा बसमा चडी सबै यात्रुलाई ठगिन र शोषण हुन बाट बच्न र भैहाले बेलैमा खबर गर्न सबैलाई अनुरोध गरिएको छ। जनचेतनामूलक यो कार्यक्रम बाट सबै यात्रुले खुशी हुँदै ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त सम्म गरेका छन।