अस्ट्रेलिया ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर–एट पुग्ने पहिलो टिम भएको छ ।
उसले बुधबार भएको समूह ‘बी’ को खेलमा नामिबियालाई सजिलै ९ विकेटले पराजित गर्यो । यो जितपछि अस्ट्रेलियाको तीन खेलबाट ६ अंक भएको छ । नामिबिया भने दुई अंकमै सीमित रहन पुग्यो ।
खेल जीतको लागि ७३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर ७४ रन बनायो । अष्ट्रेलियन ओपनर ट्रेभिस हेडले ३४ रन बनाए र नटआउट रहे । यस्तै डेभिड वार्नरले २० र मिचेल मार्सले १८ रन बनाए ।
त्यसअगाडि पहिले ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो । नामिबियालाई सस्तोमा समेट्न एडम जाम्पाले सबैभन्दा बढी भूमिका खेले । उनले १२ रन खर्चेर ४ विकेट लिए । जाम्पा नै अफ द म्याच’ पनि भए ।