निजगढ, शिक्षक सरुवा पदास्थापन विवादमा केही स्थानीयले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा तालबन्दी गरेपछि एक साता अघिबाट अवरुद्ध बन्नपुगेको निजगढ नगरपालिका १० लालस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमवारबाट पठनपाठन शुरु भएको छ ।
तर बन्दकर्ताहरुले पूर्व सहमति विपरित फेरि प्र.अ.को कार्यकक्षमा फेरि ताला लगाएपछि विद्यालयमा उत्पन्न तनाव भने अन्त्य हुन सकेको छैन ।
यसअघि आइतवार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा हिजो १० बजेबाट प्रअको कार्यकक्षमा लागेको ताला खोल्ने सहमति भएको थियो । तर दिउसो ११.३० बजे विद्यालयमा आएका बन्दकर्ताहरुले शिक्षक, कर्मचारी र विद्यार्थीको हाजिरी रजिष्टर निकालेपछि प्रअ साहको कार्यकक्षमा फेरि ताला लगाएका छन । रजिष्टर निकालेपछि शिक्षकहरुले पठनपाठन शुरु गरेपनि फेरि तालाबन्दी गरिएकोले विद्यालयमा उत्पन्न हुदैआएको तनाव भने अन्त्य नभएको प्रह साहले बताउनुभएको छ । निजगढ नगरपालिका शिक्षा शाखाले शिक्षक सेवा आयोगको परीक्षा उर्तिण गरेका आधारभूत तहका शिक्षक रेखा साह र लक्ष्मी रावललाई विद्यालयमा पदास्थपाना गर्ने निर्णय गरेपछि असन्तुष्ट केही स्थानीयले प्रअ साहको कार्यकक्षमा तालबान्दी गरेका थिए ।
उनीहरुले शिक्षक साह र रावलको साटो निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालस्थित भगवती आविका प्रधानाध्यापक उदयराज अधिकारीलाई विद्यालयमा सरुवा गरेर हाजिर गराउनुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन । विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गर्ने निर्णय गरेका शिक्षकहरुलाई हाजिर गराउनु पर्ने भएकोले सरुवा हुन खोज्ने अर्का शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ ।