नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरू सँगै छ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । सुरक्षित कार्यस्थल, गुणस्तरीय नर्सिङ सेवा, रोजगारीको ग्यारेन्टी जस्ता विषय उठान गर्दै यो दिवश मनाउने गरिन्छ । विभिन्न निजी अस्पतालले नर्सलाई श्रम शोषण गरेको, महिनौसम्म पारिश्रमीक नदिने गरेको नर्सहरुको गुनासो छ ।
’लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।