बाराको निजगढ नगरपालिकाले गत आर्थिक वर्ष २०७७७८ मा ९७ करोड २१ लाख ८० हजार बराबरको बजेट प्रस्तुत गरेको थियो तर बजेटको आकार आम्दानी भन्दा धेरै भएकै कारण विभिन्न शीर्षकमा सम्पन्न भएका योजनाहरूको १७ करोड भुक्तानी दिन सकेको थिएन ।
गत आर्थिक वर्षमा संघिय सरकार, प्रदेश सरकार र नगरपालिकाको समेत गरि ८० करोड १ लाख ८२ हजार आम्दानी रहेको थियो । निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालका कारण नगरपालिकाले आफ्नो आम्दानीको श्रोत भन्दा १७ करोड बढिको बजेट बनाएकै कारण भुक्तानी गर्न सकेको थिएन ।
यसबाट पाठ सिकेर चालु आर्थिक वर्षमा सन्तुलित आकारको बजेट नगरपालिकाले प्रस्तुत गर्छ भन्ने धेरैको आशालाई मेयर खनालले तुहाईदिए । पहिलेकै गल्तीलाई दोर्याउदै नगरपालिका मेयर खनालले चालु आर्थिक वर्ष २०७८र७९ को लागि १ अर्ब ९ करोड ४० लाखको बजेट बनाए ।
गत आर्थिक वर्षको भुक्तानी हुन बांकी भार समेत चालु आर्थिक वर्षमा थपिएको छ तर आम्दानीको रकममा भने खासै वृद्घि हुने अवस्था नहुदाँ नहुदै नगरका मेयर खनालले जर्र्बजस्ती बजेटको आकार बढाएकै कारण अहिले नगरपालिका संग योजना त छन तर भुक्तानी गर्न रकमको अभाब भएकै कारण हाल ३० प्रतिशत योजनाहरु कागजमा मात्रै सिमित छन ।
चालु आर्थिक वर्षमा नगरपालिकाको अनुमानित आम्दानी ७० करोड ३० लाख ३८ हजार रहेका छ । जसले गर्दा ४० करोड बराबरको योजना तथा कार्यक्रमहरुको कार्यान्वयन र भुक्तानी हुने अवस्था देखिदैन । गत आर्थिक वर्षको १७ करोड यस आर्थिक वर्षमा भुक्तानी दिदा करिब ५७ करोड भुक्तानी दिनु पर्ने हुन्छ ।
नगरपालिकाको प्रमुख आम्दानीका श्रोत संघीय तथा प्रदेश सरकार राजश्व वांडफाड ९रजिष्ट्रेसन, नदीजन्य पदार्थ उत्खनन् तथा निकासी कर र यातायत राजश्व बाट प्रस्तावित बजेट ४३ करोड ५१ लाख २ हजार रहेको छ ।
यस पटक नगरपालिकाले करिब ४० करोड भुक्तानी दिन सम्भब नहुने नगरपालिका श्रोतले जानकारी दिएको छ ।
यसरी मेयर खनालले असन्तुलित बजेट प्रस्तुत गरेकै कारण नगरमा घाटा बजेटको दुष्परिणामका कारण आगामी वर्षको बजेटलाई समेत असर गर्ने विज्ञहरुको भनाई रहेको छ ।