निजगढ नगरपालिका वडा नम्बर ७ मा मतदाता अन्यौलमा परेका छन् । कांग्रेस र माओवादी गठबन्धन विरुद्ध कांग्रेसका बागी उम्मेदवार सुमन लामालाई निर्वाचन आयोगले रुख चुनाव चिन्ह दिएपछि अब कस्लाई मतदान गर्ने भन्ने बारेमा कांग्रेसका मतदाता अन्यौलमा परेका हुन् ।
वडा अध्यक्ष उम्मेदवार सुमन लामा र उनको टिम गठबन्धनको सहमति विपरित रुख चिन्ह लिएर चुनाव प्रचारमा उत्रेपछि कांग्रेश कार्यकर्ता र समर्थकहरुमा हलचलनै मच्चिएको छ ।
स्थानीय तहको निर्वाचन लक्षित गठबन्धनमा निजगढ नगरपालिका वडा नंम्बर ७ माओवादीलाई दिने सहमति भएको थियो । सहमति अनुसार माओवादीका मोहन डिसीले वडा अध्यक्षमा मनोनयन गरेका थिए ।
गठबन्धनको सहमतिमा नेपाली कांग्रेसको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्य सहित ३ जना सदस्य परेको उनीहरु सबैले माओवादीको चुनाव चिन्ह हसिया हतौडा लिएर चुनाव लडेको सदस्य पदकी उम्मेदवार चन्द्रिका मगरले बताईन् ।
उनले पार्टीको निर्णय विपरित लामाले पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएको पनि खुलाईन ।
सुमन लामाले गठबन्धनमा भएको सहमतिको विरोध गर्दै कांग्रेस पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएपछि वडा नम्बर ७ का नेपाली कांग्रेसका मतदाताहरु अन्यौलमा परेका छन ।
वडा अध्यक्षका उम्मेदवार सुमनले आफू नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार भएको भन्दै उम्मेदवारी फिर्ता लिएका थिएनन् । लामा आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्दै मत माग्न चुनावी घरदैलोमा लागि परेका छन ।