नेपाल सरकार स्वास्थ्य तथा जनङसख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द«को एफसीटिसी र विश्व स्वास्थ्य संगठनको आयोजना र निजगढ नगरपालिकाको सहयोगमा एक दिने सुर्ती जन्य पदार्थको नियन्त्रण गर्न मिडिया कर्मीसंग अन्तक्रिया कार्यक्रम आज निजगढ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
सुर्तीजन्य पदार्थको असर तथा ऐन नियमबारे आम नागरिकलाई जानकारी गराउन र नियन्त्रणका कार्यक्रमहरु कार्यान्वयन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द«को निर्देशक सुनिल राज शर्माले बताउनु भएको थियो ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवनलाई घटाई यसको कारणले हुने रोग र मृत्युदर घटाउने र जनस्वास्थ्यको प्रवर्दन गर्ने उदेश्यका साथ सुर्तीजन्य पदार्थको उत्पादन , वितरण र उपभोगलाई नियन्त्रण र नियमन प्रयास स्वरुप विभिन्न कदम चाल्दै आएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्टिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द«लाई सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको फोकल प्वाइन्ट तोकिएको र यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्न बहुक्षेत्रिय सहयोगबाट विभिन्न कार्यहरु हुदै आएको पनि कार्यक्रमका बताईएको थियो ।
नेपाल सन् २००३ को डिसेम्बरमा विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण विषयक संरचना नीति महासन्धि ँऋत्ऋ मा हस्ताक्षर गरि सुर्ति जन्य पदार्थ सेवन विरुदको अभियानमा सामेल भैसकेको परिप्रेक्षमा नेपालमा यसको कार्यान्वयन अपरिहार्य रहेको बताईएको थियो ।
विश्वमा हरेक वर्ष ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुने, जसमध्ये ७० लाख जति आफैले गरेको धुवांयुक्त सुर्तीजन्य पदार्थको सेवन र १२ लाख भन्दा बढी मानिसहरु आफूले सेवन नगरे पनि अरुले सेवन गरेको धुंवाजन्य सुर्तीजन्य पदार्थको असरबाट मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थले यसका ५० प्रतिशत सेवनकर्ताको ज्यान लिने गरेको छ । सुर्तीजन्य पदार्थमा श्वासप्रश्वास, मुटु तथा २० भन्द बढि प्रकारका क्यान्सर सम्बन्धि रोगका प्रमुख जोखिम युक्त तत्व पाइने भएकाले यसको सेवन हानिकारक मानिएको हो ।
एनसिडि रिक्स फयाक्टर स्टेप्स् सर्वे २०१९ का अनुसार नेपालमा कुल २९.९ प्रतिशत मानिसहरुले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । करिव २७ हजार भन्दा बढि मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गर्दछ जुन कुल मृत्युको १५ प्रतिशत हो । विगतका वर्षहरुको तुलना गर्ने हो भने सुर्तीजन्य पदार्थको सेवनमा खासै परिवर्तन आउन सकेको छैन तर मन्त्रालय र केन्द«ले भने २०२५ सम्ममा २१.५६ प्रतिशतमा झार्ने लक्ष्य लिएको कार्यक्रममा बताईएको थियो ।
सुर्तीजन्य पदार्थ (नियमन र नियन्त्रण गर्ने ) ऐन , २०६८ र यस सम्बन्धि नियमावली एवं निर्देशिका लागु भएको र उक्क्त ऐन बमोजिम तोकिएका सार्वजनिक स्थलहरुमा धुम्रपान नगर्ने , सुर्तीजन्य पदार्थको प्रदर्शनी तथा खुद«ा विक्री प्रदर्शन र १८ वर्ष भन्दा मुनिका बालबालिका र गर्भवति महिलालाई बेच्न नपाईने जस्ता प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके सुर्तीजन्य पदार्थको सेवनमा कमि ल्याउन सकिने कुरामा छलफल भएको थियो ।
निजगढ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि केही प्रतिवद्वता समेत गरेको छ । निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द«को एफसीटिसी र विश्व स्वास्थ्य संगठनको यस कार्यक्रमलाई सहयोग गर्न १० बुंदे प्रतिबद्वता पत्र बाचन गरेर सुनाउनु भएको थियो । साथै उक्त्त प्रतिवद्वता पत्र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द«का निर्देशक सुनिल राज शर्मालाई हस्तान्तरण समेत गरिएको थियो ।
प्रतिवद्वता पत्र अनुसार अवको केहि समय भित्रै निजगढ नगरपालिका सुर्तीजन्य पदार्थ रहित नगर घोषण गरिने उल्लेख छ ।
प्रतिवद्वता पत्र