
बाजुराको बुढीनन्दा नगरपालिका-८ मा रहेको मतदान केन्द्रमा झडप भएको छ । प्रहरीले हतियार सहित एकजनालाई पक्राउ गरेको छ ।
दुई पक्षबीच सामान्य विवादमा ढुङ्गा हानाहान भएपछि हुँदा तनाव भएको त्यहाँका मुख्य निर्वाचन अधिकृत गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । अहिले त्यहाँको अवस्था सामान्य हुँदै गएको निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।