
काठमाण्डौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गते देखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको परीक्षा बोर्डको बैठकले एसईई परीक्षा २०७९ वैशाख ९ गते देखि २० गतेसम्म सञ्चालन हुने निर्णय गरेको माध्यमिक शिक्षा परीक्षा बोर्डले जनाएको छ ।
कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको बोर्डले जनाएको छ ।