
कोभिड १९ विरुद्वको मोडर्ना खोपको विद्यार्थी लक्षित दोस्रो मात्रा लगाउन निजगढ नगरपालिकामा आज बाट शुरु भएको छ ।
माघ २४ गते देखि २६ गते सम्म नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा स्वास्थ्यकर्मीहरु द्वारा कोभिड १९ विरुद्वको मोडर्ना खोपको दोस्रो मात्रा लगाउन खोप अभियान संचालन गरिएको हो ।

१२ वर्ष देखि १७ वर्ष सम्मका र ६ भन्दा माथि कक्षा संचालन गर्ने सम्पूर्ण सामुदायिक तथा संथागत विद्यालयहरुका बालबालिकाहरुलाई १० बजे देखि ४ बजे सम्म खोप लगाउने कार्यक्रम संचालन भएको निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।