
नेकपा एमालेका प्रदेशसभा सांसदद्वारा प्रदेशसभा बैठक अवरूद्ध गरेका छन् । प्रदेशसभाको बैठक शुरू भएलगत्तै नेकपा एमालेले बैठक अवरुद्ध गरेको हाे ।
सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारवाही सुरु गरेलगत्तै एमालेले विरोध गर्न थालेका थिए ।

नेकपा एमालेले कारवाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेकाे अडान कायम छ ।