
शिव वचन सम्बादाता काठमाडौं चन्द्रागिरी न .पा -४ गोदाम स्थित प्राथमिक अस्पतालमा कोभीड खोप लगाउन लामबद्द स्थानीयलाई पानी बितरण गरिएको छ।
बिहानै देखि लाइनमा बसेका ९०० महिला -पुरुषहरुको लागि सामाजिक अभियान्ता उत्तम कार्कीले पानी बितरण गरिरहेको देख्न पाइन्थ्यो।
आफ्नै दुइपाङ्ग्रे मोटरसाइकलमा पानी ओसारपसारमा बेस्त रहेका कार्कीको अभियानमा सहयोगी हात चन्द्रागिरी बेबरेज एन्ड इन्भेस्टमेन्टका संचालक एबम युवा समाजसेवि ईश्वर लामाले बढाएका थिए। आफ्नो लाइन छोड्दा खोपको पालो गुम्ने डरमा बसेका बेक्तीहरुलाइ उनिहरु बसेका ठाउँमा पानी प्रदान गरेका थिए कार्कीले ।
मानवसेवाको सोच बोकेर हिड्ने कार्की बिगत लामो समय देखि चन्द्रागिरी र देशका विभिन्न क्षेत्रहरूमा लागीपरिरहेको देख्न सकिन्छ।
सामाजिक बिकृती बिसङ्गती विरुद्ध खर्हो रुपमा प्रस्तुत हुने कार्की मानवसेवाको क्षेत्रमा निकै कमलो मन भएका युवा हुन।