निजगढ नगरपालिकाको १४औं नगरसभा सोमवार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पुरीले ‘समृद्ध निजगढ नगर, सुखी नगरवासी’ बनाउने लक्ष्यसहित समृद्ध, समतामूलक, स्वच्छ, हराभरा र विकसित नगरपालिका बनाउने योजना रहेको बताउनुभयो।
उहाँले अत्याधुनिक प्रविधियुक्त कृषि प्रणालीमा आधारित नगदेबाली तथा पशुपालन व्यवसायको विस्तार गर्ने , रोजगारीको अवसर सिर्जना गर्ने, शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारका लागि विद्यालय उमेरका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, प्राविधिक, व्यावसायिक, सीपमूलक र रोजगारमूलक शिक्षामा जोड दिने, ‘समृद्ध नगरको आधार, स्वास्थ्य क्षेत्रमा क्रमिक विकास’ नारा तय गरी स्वास्थ्य सेवालाई सबैको पहुँच र नागरिकको मौलिक हकको सुनिश्चितता गर्न ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ र ‘मेयरसँग ज्येष्ठ नागरिक विशेष स्वास्थ्य कार्यक्रम’लाई निरन्तरता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको कुरा प्रष्ट पार्नुभएको थियो ।
नगर प्रमुख पुरीले स्वास्थ्य क्षेत्रलाई प्रवद्र्धन गर्न योग, ध्यान र प्राकृतिक चिकित्सा पद्धतिको अनुसरण गर्न प्रोत्साहित गर्ने, खानेपानी तथा सरसफाइमा विशेष जोड दिई वृहत् खानेपानी र्तथा सरसफाइ आयोजना लागू गर्ने बताउँदैनिजगढ नपाका वडा नं १, २, ३, १०, ११, १२, १३ मा दैनिक खानेपानी र सिंचाइको अवस्थामा सुधार गर्दै खानेपानी र सिंचाइको व्यवस्था गर्ने समेत कार्यक्रम रहेको नीति प्रस्तुत गर्नुभएको थियो।
युवा तथा खेलकूदको विकास गर्न नगरभित्र रहेका क्लब तथा युवा समूहहरूलाई प्रोत्साहन गर्ने, विभिन्न किसिमका खेलको विकास गर्ने, शहीद हीरालाल रङ्गशाला र निजगढ–४ स्थित खेलमैदानलाई राष्ट्रियस्तरको रङ्गशाला तथा खेलकूद प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने बताउँदै नगरस्तरीय पर्यटन गुरुयोजना निर्माण गर्ने बताउनुभएको थियो ।
नगरले पूर्वाधार विकासमा जोड दिने, वन, वातावरण तथा हरियाली प्रवर्धन गर्ने, नगरका हरेक क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन गर्ने, विपत्, प्रकोपको व्यवस्थापनको लागि आवश्यक सामग्री व्यवस्थापन गरी तालीम प्रदान गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण एवं संवद्र्धन गर्ने, भूउपयोग ऐनको कार्यान्वयन गरी नगरभित्रका जग्गाको वर्गीकरण गर्ने समेत कार्यक्रम रहेको उल्लेख गर्नुभएको थियो ।
सामाजिक सुरक्षा तथा घटना दर्ता, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरण लगायतका कार्यलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
नगरप्रमुख पुरीको अध्यक्षतामा सम्पन भएको नगरसभामा नगर उपप्रमुख सोममाया थिङले गत आर्थिक वर्षको कार्यक्रमको पुनरावृत्ति, गर्दै आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्नुभएको थियो ।
बजेट प्रस्तुत गर्दै उहाँले चालू र पूँजीगत खर्च तथा वित्तीय व्यवस्थापनमा सञ्चित कोषबाट खर्च गर्नेगरी ९० करोड एक लाख बजेट विनियोजन गरिएको बताउनु भएको थियो । उहाँले चालू आवको कुल बजेट रु ८१ करोड १९ लाख ६९ हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा रु ५८ करोड ९७ लाख २६ हजार १८३ आम्दानी भएको र रु ५१ करोड १६ लाख १५ हजार ५१३ रुपैयाँ ५६ पैसा खर्च भएको बताउनुभएको थियो।
नीति तथा कार्यक्रम र बजेटमाथि नगरसभा सदस्यहरूको पूर्ण सर्मथन सहित सर्वसम्म पारित भएको थियो।