टि २० क्रिकेट बिश्वकप २०२४ प्रतियोगिता अन्तर्गतको खेलहरुको प्रत्यक्ष प्रशारण गर्न सबै स्थानीय तहहरु परिपत्र भयको छ । क्रिकेटको बिश्व कपमा नेपालको सहभागिता भएकोले खेलाडीहरुको हौसला बढाउन निजगढ नगरपालिकाले पनि सबै वडा कार्यलयलाइ परिपत्र गरेको छ ।
यो समाचार तयार पार्दा सम्म निजगढ नगरपालिका वडा न ८,९ र ६ मा खेल हेर्न तयारी गरिएको छ । वडा न ८ काे बजार बुद्ध चोक र ६ न वडा मा लक्ष्मी नारायण सत्सङ भवन सडकटाेल मा ब्यबस्थापन गरिएको सम्बन्धित वडा अध्यक्ष ८ का सोनु लामा ,९ का रामचन्द्र कटुवाल र ६ का घनश्याम तिमल्सिनाले जानकारी दिनुभएको छ ।