काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजना र निजगढ नगरपालिकाको सहकार्यमा निजगढ नगरपालिका क्षेत्र भित्रका नागरिकहरुलाई लक्षित गरी आज देखि ३० दिने काष्ठ नक्काशी (Wood Carving) सम्बन्धी तालिमको सुभारम्भ भएको छ ।उक्त कार्यक्रमको उद्घघाटन निजगढ नगरपलिकाका नगर प्रमुख सुरथ पुरीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सन्चालन हुन लागेको काष्ठ नक्काशी (Wood Carving) सम्बन्धी तालिमले निजगढ क्षेत्र भित्रका युवाहरुलाई उद्यमशील बनाई रोजगारीको सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा बोल्दै नगर प्रमुख पुरीले तालिमको आयोजना गर्न सहयोग गरेकोमा काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई धन्यवाद समेत दिनु भएको थियो ।
काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजना रुख कटान कार्यदलका प्रमुख सेनानी श्री दिनेश मल्लको सभाध्यक्षतामा संचालित उक्त कार्यक्रममा नेपाल काष्ठकला महासंघका अध्यक्ष श्री रत्नमुनी बह्रमचार्य, नेपाल महिला उद्यम संघका कार्यकारी अध्यक्ष श्री रेखा अर्याल लगायत विभिन्न राजनैतिक दल, संघ/संगठनहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। ३० दिन संचालन हुने उक्त तालिममा निजगढ नगरपालिका क्षेत्र भित्रका २५ जना युवाहरुको सहभागिता रहनेछ।