निजगढ .निर्माण कम्पनीको लापरबाहीले निजगढ नगरपालिका वडा नम्बर ५, ६, ७ र ९ मा निर्माणाधिन स्मार्ट सिटी सडकमा सोलार सडक बत्ती जडान कार्यमा अनियमिता भएको स्थानीयले बताएका छन् । निर्माण कम्पनी बज्रगुरु कन्ट्रक्शन काठमाण्डौंले मापदण्डअनुसार सडकको ५० मिटरको दुरीमा सोलार बत्ती जडान गर्नुपर्नेमा १ सय मिटरभन्दा बढी दुरीमा बत्ती जडान गरेको स्थानीयले बताएका छन् । निजगढ नगरपालिका वडा नम्बर ७ को नगरपालिका रोडको लिटी टोल र नेत्रोदय स्कुलको चौतारा क्षेत्रमा मापदण्ड विपरीत बत्ती जडान गरिएको वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर पुलामी मगरले बताउनुभयो । स्थानीयबासिन्दाको विरोधका बाबजुद कम्पनीले मापदण्ड विपरित जबरजस्ति बत्ती जडान गरेको वडासदस्य पुलामी मगरको भनाई छ । उहाँले आफूले पटकपटक आग्रह गर्दा पनि निर्माण कम्पनीका मान्छेहरुले मापदण्ड अनुसार काम नगरेको जानकारी दिनुभयो । सहरी विकास तथा पूर्वाधार मन्त्रालय आर्थिक सहयोगमा कम्पनीले वडा नम्बर ७ को पूर्वपश्चिम राजमार्गबाट नगरपालिका रोड हुदै लिचीटोल, भ्याकुरेटोल भएर वडा नम्बर ६ को धियाल टोल, योजना टोलबाट वडा नम्बर ५ को गैरीगाउँसम्म र वडा नम्बर ९ को बकैया भमरा तेर्सो लाइनमा स्मार्ट सिटी सडकमा सोलार बत्ती जडान गर्ने ठेक्का सकारेको थियो । यसअघि सडक निर्माणको काम लामो समयसम्म अलपत्र पारेको कम्पनीले हाल सोलार बत्ती जडान कार्यमा पनि अनियमितता गरेको हो । कालोपत्र सडकमा पेटीसहित पक्की नाला निर्माण र सोलार बत्ती जडान गर्न कम्पनीले १२ करोड रुपैयामा ठेक्का सकार गरेको थियो ।
कोटि
- COVID-19 (5)
- Uncategorized (7)
- अन्तराष्ट्रिय (13)
- अपराध (2)
- आर्थिक (14)
- कर्णाली प्रदेश (1)
- कृषि (3)
- खेलकुद (23)
- गण्डकी प्रदेश (1)
- ज्ञानकुन्ज (1)
- धार्मिक (6)
- पत्र पत्रिकाबाट (15)
- प्रदेश (5)
- प्रदेश नं. १ (1)
- प्रदेश नं. २ (38)
- प्रवास (7)
- बागमती प्रदेश (2)
- बिविध (16)
- मधेश प्रदेश (27)
- मनोरञ्जन (10)
- मुख्य समाचार (53)
- राजनीति (23)
- लुम्बिनी प्रदेश (2)
- लोकप्रिय (86)
- विचार (6)
- विज्ञान/प्रविधि (4)
- शिक्षा (14)
- समाचार (30)
- स्वास्थ्य (5)