निजगढ (बारा) प्रहरीले १० केजी ५ सय ग्राम गाँजासहित निजगढको एक दम्पतिलाई रौतहटको कटहरियाबाट हिजो पक्राउ गरेको छ । कटहरिया नगरपालिकास्थित अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिएको प्रहरी गस्ती टोलीले अटो चालक निजगढ नगरपालिका वडा नम्बर १ बनस्थली हाट बजार टोलका वर्ष ४२ का अनन्त बराइली र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइलीलाई गाँजासहति पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले जंगलसहियाबाट कटहरियातर्फ जादै गरेको प्र.२–०३–००१ ह ३१५ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक बराइली बसेको सिटमुनि रातो झोलामा लुकाई राखेको १० किलो ५ सय ग्राम गाँजा फेला पारेको थियो । बरामद गाँजा, अटो र अटोमा सवार मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कोटि
- COVID-19 (5)
- Uncategorized (7)
- अन्तराष्ट्रिय (13)
- अपराध (2)
- आर्थिक (14)
- कर्णाली प्रदेश (1)
- कृषि (3)
- खेलकुद (23)
- गण्डकी प्रदेश (1)
- ज्ञानकुन्ज (1)
- धार्मिक (6)
- पत्र पत्रिकाबाट (15)
- प्रदेश (5)
- प्रदेश नं. १ (1)
- प्रदेश नं. २ (38)
- प्रवास (7)
- बागमती प्रदेश (2)
- बिविध (16)
- मधेश प्रदेश (27)
- मनोरञ्जन (10)
- मुख्य समाचार (53)
- राजनीति (23)
- लुम्बिनी प्रदेश (2)
- लोकप्रिय (86)
- विचार (6)
- विज्ञान/प्रविधि (4)
- शिक्षा (14)
- समाचार (30)
- स्वास्थ्य (5)