आज विहान पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ लारीकोट भन्दा माथिल्लो लाङिचगोला मानापाथी हिमालको फेदीमा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको थियो । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेको तारा एअरले जानकारी दिएको छ ।