सरकारले पेट्रोलियम पदार्थमा पटक पटक गरेको मूल्य वृद्वि विरुद्व आज निजगढमा अनेरास्ववियू बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीको आयोजनामा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा प्रदर्शनकारीले मोटरसाईकल र अटो डोर्याएर विरोध जनाएका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्विले जनताको दैनिकीमा असहजता पैदा गरेको भन्दै सरकारको चर्को आलोचना गरिएको थियो । सरकारले जनताको समस्याको उपहास गर्दै यति धेरै मात्रामा गरेको मूल्य वृद्विले जनताहरु मारमा परेको कार्यक्रमको कोण सभालाई सम्बोधन गर्दै युवा संघ नेपाल निजगढका ईन्चार्ज जयराम कुंवरले बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले निजगढ नगर सचिव तिलक घलानले सरकारको नालायकीपनको घोर निन्दा गर्दै तत्कालै मूल्य वृद्वि फिर्ता लिनु पर्ने र मागको उचित सम्बोधन नभएमा चरणवद्व आन्दोलन गर्ने बताए ।
कार्यक्रममा युवा संघका निजगढ नगर अध्यक्ष माधव न्यौपानेले सरकारले जनताको मर्म र भावना अनुरुप काम गर्नु पर्नेमा झनै जनताहरु मारमा पर्ने गरी गरिएको सरकारको यस्तो गैर जिम्मेवार पूर्ण निर्णले जनजिविकामा परेको असरलाई सरकारले तुरुन्त सम्बोधन गर्दै सरल र सुलभ ढंगले पेट्रोलियम पदार्थको विक्री वितरण गर्नुपर्ने कुरामा जोड दिएका थिए । उहांले मूल्य वृद्वि फिर्ता नभए केन्द्रको सर्कुलर अनुसार आगामी कार्यक्रमहरु तय हुने र युवा संघ ससक्क्त ढंगले लाग्ने बताएका थिए ।
कोण सभा निजगढको सहिद चौकमा गरिएको थियो ।
कार्यक्रमको संचालन अनेरास्ववियूका जिल्ला संयोजक श्याम कृष्ण घिमिरेले गरेका थिए ।