निजगढ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सुरथ पुरी र गठबन्धन बाट नेपाली कांग्रेसका सुरेश कुमार खनाल भिड्ने भएका छन् ।
उपमेयरमा एमालेबाट सोम माया थिङ र गठबन्धनबाट नेकपा माओवादीका रविराज दंगालले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानिय तहको निर्वाचन अन्र्तगत यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट सावित्रीदेवि भारती र उपमेयरमा बासुदेव तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एकीकृत समाजबादीबाट मेयर पदको लागि दिनेश हुमगाईले उम्मेदवारी दर्ता गराएका हुन् ।
निजगढ नगरपालिकाको यस पटकको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको घुंईचो नै लागेको पाईयो । दिग्गज खारिएका देखि असन्तुष्ट सवैले बागी उम्मेदवारी दर्ता गराए । यसरी उम्मेदवारी दर्ता गराउनेमा नेकपा एमाले बाट मेयर पदको लागि एक बहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै वडाहरुमा पनि प्रशस्तै बागी उम्मेदवारी परेको छ ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।