काठमाण्डाै – सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिकाे बैठक यही माघ २८ र २९ गतेका लागि बोलाएको छ ।
कोरोना सङ्क्रमणका कारण स्थगित हुँदै आएको बैठक यस पटक भने भौतिक रूपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको निर्वाचन घोषणा पछिको अवस्था, पार्टीको पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत पुस महिनामा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन । बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युराे, स्थायी कमिटीकाे चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादीले जनाएको छ ।