काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे सँगै निर्वाचन आयोगले स्थानीय तहहरुसँग निर्वाचनमा आवश्यक भौतिक सामग्रीको विवरण माग गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यालयका लागि आवश्यक भवन, परिवहनका साधन, फर्निचर लगायतका सामग्रीको व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आवश्यक सामग्रीका लागि स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।