प्राख, निजगढ
निजगढ ६ स्थित श्री गौरीशंकर मा. वि. सडकटोललाई साथी नेपाल नामक संस्थाद्वारा पंखा सहयोग गरेको छ ।
मधेश प्रदेशका विभिन्न सामुदायिक विद्यालयहरुमा सहयोग गर्दै आएको साथी नेपाल काठमाण्डौंले १० थान सिलिङ पंखा विद्यालयलाई हस्तान्तरण गरेको छ ।
संस्थाका निर्देशक राम भट्टराई, अध्यक्ष सरिता सापकोटा र कोषाध्यक्ष भिम उपाध्यायले विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो पंखा हस्तान्तरण गर्नुभएको हो ।
पंखा हस्तान्तरण कार्यक्रममा निजगढ ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा समिति सदस्य आशा श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, पूर्व सदस्य लिलाबहादुर राउत, कल्पना दहाल लगायतको सहभागिता रहेको थियो ।
साथी नेपाल काठमाण्डौंले पछिल्लो समय मधेश प्रदेश अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा सहयोग सहयोग गर्दै आईरहेको छ । विद्यालयलाई सहयोग गर्ने साथी नेपाल संस्था प्रति विद्यालयका प्रधानाध्यापक यादव कुमार तिमल्सिनाले धन्यवाद दिनुका साथै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो ।