एजेन्सी
संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा भएको छ । वर्षाको कारण अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ ।
मौसम पूर्वानुमानअघि नै आज बिहान ३ बजे मौसम बदली भएको दुबईको सञ्चारमाध्यम गल्फ न्युजले जनाएको छ ।
ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा पर्ने अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो ।
अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ ।