संघीय र प्रदेशसभाको निर्वाचन निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा गर्ने भएको छ ।
आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मती प्रदेशमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने भएको हो ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।
‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारी सहितका विषयले पनि दुई चरणमा निर्वाचन गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँगको छलफलमा तयारी गरेको निर्वाचन आयोगले जनाएको छ । दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएको छ । आयोगले मितिको घोषणा छिट्रटै हुने पनि जानकारी दिएको छ ।