निजगढ ।
विश्व वातावरण दिवसको अवसरमा आज निजगढ ७ स्थित विद्यासागर स्कुलका विद्यार्थीहरुले र्याली निकालेका थिए । वातावरणको संरक्षण गर्न वृक्षारोपण गर्नुपर्ने कुरामा जोड दिदै विद्यार्थीहरुले स्कुलको चौरमा वृक्षारोपण समेत गरेका थिए ।
वातावरणको अधिकार पनि मानवको नैसर्गिक अधिकार हो । स्वच्छ हावा र वातावरणमा बस्न पाउने गरी अधिकार प्रत्याभूत हुनुपर्छ भन्दै कार्यक्रमको आयोजना गरिएको विद्यालयका नव निर्वाचित क्याप्टेन नित्यम जैसवालले वताए ।
त्यस्तै प्रकृतिको अत्याधिक र अवैज्ञानिक दोहनले प्रकोपहरु बढिरहेका छन् । यसले मानव अधिकार पनि कुण्ठित भएको छ । वातावरण संरक्षणमा प्रत्येक नागरिकले स्वस्फूर्त रुपमा लाग्नु पर्ने कुरामा जोड दिदै विद्यालयका भाइस क्याप्टेन समृत खनालले आगामी दिनमा यस कुरालाई निरन्तरता दिदै आज गरिएको वृक्षारोपणको अनुगमन गर्ने र समाजका अरुलाई पनि सजग गराउने बताए ।