सर्वोच्च अदालतले निजगढ दोस्रो विमानस्थल नबनाउन र अर्को विकल्प खोज्न आदेश दिए संगै निजगढमा सर्वोच्चको फैसला विरुद्व प्रदर्शन भैरहेको छ ।
निजगढ युवा, विद्यार्थी स्वतन्त्र मन्चले निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आईरहेको छ । विरोधको कार्यक्रम अन्तर्गत आज सांझ मन्चले मसाल जुलुस निकालेको छ । सर्वोच्चले विदेशिको ईसारामा राष्ट्रिय गौरवको आयोजना माथि विना कुनै आधार यस्तो फैसला गरेको प्रति आक्रोसित भएका छन । सर्वोच्चले विदेशीको ईसारामा यस्तो निर्णय गरेको भन्दै प्रर्दशनकारीले आरोप लगाएका छन् ।
विरोधका कार्यक्रम निरन्तर जारी रहने समेत मन्चले जनाएको छ । देशकै गौरवको आयोजना भएकोले कुनै पनि हालतमा यो आयोजना सम्पन्न हुनु पर्ने भन्दै निजगढ बासी सम्पूर्ण नागरीकहरु सडकमा उत्रिएका छन् ।
यो पनि….
सर्वोच्चले फैसलामा भनेको जस्तो बनजंगलको विनास नहुने, पर्यावरणमा कुनै पनि किसिमको हानी नोक्सानी नहुने र सरकारले धेरै लगानी समेत गरिसकेकोले यस आयोजना बन्नु पर्ने धारणा संसदमा बाल्दै नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले राख्नुभएको थियो । साथै उंहाले सरकारलाई यस विषयमा गम्भिर भएर सोच्न समेत आग्रह गर्नुभएको थियो ।