निजगढ नगरपालिकाको वडा नं. १३ बाट अध्यक्षमा नेपाली कांग्रेसमा सूर्य घलान निर्वाचित भएका छन् ।
अध्यक्षमा सुर्य घलानले ७७९ मत प्राप्त गरी निर्वाचित हुंदै निजगढ नगरपालिकामा कांग्रेसको तर्फबाट खाता समेत खोलेका छन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका कमान सिंह घलानले ५८६ मत प्राप्त गरेका छन् । सुर्य घलान पुन: दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन ।
त्यस्तै मेयर पदमा वडा नं. १३ बाट नेकपा एमालेका सुरथ पुरीले ५८३ उपमेयर पदमा सोममाया थिङ्गले ५९९ मत प्राप्त गर्दा गठबन्धनका मेयर पदमा नेपाली कांग्रेसका सुरेश कुमार खनालले ७५१ र उपमेयरमा माओवादीका रवि दंगालले ५८९ मत प्राप्त गरेका छन् ।
।
मत गणना जारी रहेको छ ।