रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन ।
गए राति नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।
विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पैदल हिँड्नु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।