बारा – बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ ।
बिहान नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको छ । झडप भएकाले मतदातामा केही त्रास छ । तर त्रासकै बीचमा पनि मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ ।