कर्णाली प्रदेश । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेलाई सिध्याउन सञ्चार माध्यमहरू लागि परेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले एमाले माथि चौतर्फी घेराबन्दी भइरहँदा सञ्चारमाध्यमले पनि साथ दिएको भन्दै आक्रोश पोखेका थिए।
प्रेस चौतारीका सह-इञ्चार्ज समेत रहेका रिजालले भने, `त्यसलाई तोड्न प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । देशका सम्पूर्ण राजनीतिक दलहरु पनि एमाले विरोधी गतिविधिमा छन् ।´
आगामी निर्वाचनमा‘हामीलाई दोस्रो हुने छुट छैन । पार्टीको जितका लागि लडाइँ लड्नुपर्ने र वर्तमान विकृत संसदीय अभ्यासका खेल भइरहेकाले त्यसलाई सही दिशामा ल्याउन एमाले लाग्नुपर्ने कुरालाई जोड दिनु पर्ने रिजालले बताएका थिए ।