बारा जिल्लाकी युवती रुबी साहलाई १० हजार डलर बराबरको वुमन इन विजनेस छात्रवृत्ति २०२१ बाट सम्मान गरिएको छ ।
साहलाई जोन्टा क्लब अफ काठमाडौँ वडा नम्बर २५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो । त्यहाँबाट साहले थप २ हजार डलर समेत प्राप्त गरिन ।
साह सहित अन्य ३२ प्रतिस्पर्धीले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका थिए । साहले अमेरिकाको इलिनोइस स्थित जोन्टा हेडक्वाटर बाट थप ८ हजार डलर प्राप्त गर्नु भएको हो । उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ मध्ये एक हुन ।
साह वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । १९ वर्षको उमेरदेखि नै रुबीले इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गर्दै आउनुभएको छ ।